समुद्रको छाल हेरेर सम्झिरहेछु आमा

तस्बिरः नेपालखबर

हङकङ विमानस्थल पारिपट्टि मकाउ र मुख्य भूमी चीनको चुहाईसम्म फैलिएको विशाल समुद्र, ससाना टापु र क्यास्टल पिक पहाडलाई वैशाखको तुवाँलोले ढाकेको छ। गर्मी ह्वात्तै बढेको छ। नेपालमा पनि यस्तै अनुभव हुन्थ्यो यस मौसममा। विदेश बसाई तीन दशक पुग्नलाग्दा पनि हरेक मौसममा मलाई बाल्यकालकै सम्झना आउँछ। यही मौसममा किताबको झोला खन्याएर मकैको बीउ राखेर हलो र गोरूको पछिपछि मकै रोपेको सम्झना आलै छ।

हली दाईले घाँटीको रूद्रघन्टी तलमाथि हुनेगरी एक करूवा पानी कलकल पिएको हामी आँखा नझिम्काई हेथ्र्यौँ। नक्कल गर्न खोज्दा पानी सर्किएपछि आमाले पिठ्युँमा थपथपाउँदै दलिनतिर हेर्नु भनेको सम्झना ताजै छ।

हाम्रो ठेट चलनको ‘आमा ख्वाउने औंसी’ अर्थात् मातातीर्थ औंसी लगभग यही मौसममा पर्थ्यो। मलाई आमाको सम्झना आइरहेछ आज।
000
‘बाबा, तिमी आज पनि आर्टिकल लेख्न थालेको?’

‘हो, छोरी।’

‘कत्ति आर्टिकल मात्रै लेखिरहन्छौ, यु आर सो बोरिङ। यु डन्ट ह्याभ टाइम फर मी,’ ऊ गनगनाउँदै मसँगै आएर बसी। अनि अगाडि सोधी, ‘केको बारेमा, मेरो बारेमा फेरि?’

‘हैन, मेरो आमाको बारेमा किनभने मदर डे आउँदै छ नेपालमा।’

‘तिम्री आमालाई तिमी यति माया गर्छौ हो?’ उसले दुवै हात फैलाएर सोधी।

‘हो नि, त्यो भन्दा पनि धेरै–धेरै।’

प्रकाशित मिति: : 2019-05-04 01:04:53

प्रतिकृया दिनुहोस्