गगन र विश्वप्रकाशको प्रश्न- जनताको सरकार हो कि विद्या भण्डारीको?

तस्बिरः काठमाडौं प्रेस

काठमाडौं, बैशाख २० : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा तत्कालीन राजाले जस्तै ‘मेरो सरकार’ भन्ने भाषा प्रयोग गरेकोमा कांग्रेसका दुई युवा नेताले असहमति जनाउँदै कटाक्ष गरेका छन्।

काग्रेस युवा नेता गगन थापा र प्रवक्ता विश्वप्रकाश शर्माले समाजिक संजालमा जनताको सरकारलाई राष्ट्रपतिले मेरो सरकार भनेर सम्वोधन गरेकोमा असहमति जनाएका हुन् । संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राजाले जस्तै ‘मेरो सरकारले गर्नेछ’ भन्ने शव्द प्रयोग गरेकी छन् । 

गगन थापाले फेसबुकमा टिप्पणी गर्दै लेखेका छन, ‘म त नेपाल सरकारको (जनताको सरकार ) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको, यहाँ त राष्ट्रपतिज्यूबाट महामहिमज्यूको निजी सरकारको कार्यक्रमको पो घोषणा भैरहेको छ। प्रधानमन्त्रीज्यू, नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँने होला ?

प्रकाशित मिति: : 2019-05-04 01:13:51

प्रतिकृया दिनुहोस्