नेदरल्याण्डकी रानी म्याक्सिमा पाकिस्तान भ्रमणमा

तस्बिरः एजेन्सी

नेदरल्याण्डकी रानी म्याक्सिमा पाकिस्तान भ्रमणमा आएकी छन्।

संयुक्त राष्ट्रसंघीय विकासका लागि समावेशी वित्त कार्यक्रम अन्तर्गत उनी तीनदिने भ्रमणमा आएकी हुन्। पाकिस्तानी विदेश मन्त्रालयका उच्च अधिकारी र पाकिस्तानस्थित डच राजदूतका प्रतिनिधिले उनलाई स्वागत गरेका थिए। यस क्रममा उनले संयुक्त राष्ट्रसंघीय प्रतिनिधि, विश्व बैंक र एडिबीका अधिकारीहरुसँग उनले भेटघाट गरेकी छन्।

विदेश मन्त्रालयको विज्ञप्ति अनुसार डच रानीले वित्तीय समावेशीताको लागि देखाएको समर्पणको पाकिस्तानी विदेशमन्त्री शाह मोहमुद कुरैसीले प्रशंसा गरेका छन्। साथै वित्तीय समावेशीको लगि पाकिस्तानले लिएको पहलबारे पनि उनले बताएका छन्।

पाकिस्तानको विदेश मन्त्रालयले गत साता नै म्याक्सिमको भ्रमणको औपचारिक घोषणा गरेको थियो। म्याक्सिमाले आफ्नो भ्रमण अवधिभर प्रधानमन्त्री इमरान खान लगायतलाई भेट्ने कार्यक्रम छ। म्याक्सिमाले यसअघि २०१६ को फेब्रुअरीमा पनि पाकिस्तान भ्रमण गरेकी थिइन्।

प्रकाशित मिति: : 2019-11-26 15:38:34

प्रतिकृया दिनुहोस्