युएईमा ६ सय ६२ कैदीहरूलाई माफि दिन राष्ट्रपतिको आदेश

तस्बिरः एजेन्सी

युनाइटेड अरब इमिरेट्स (युएई)को सरकारले बिभिन्न अभियोगमा कैदी जीवन बिताइरहेका ६ सय ६२ जनालाई कैदमा माफि दिने निर्णय गरेको छ।

युएई सरकारका राष्ट्रपति शेख खलीफा बिन जायद अल नाह्यानले ४८ औं राष्ट्रिय दिवसको अबसर पारेर ती कैदीहरुलाई रिहा गर्न आदेश दिएको युएईका सञ्चारमाध्यमहरुले जनाएका छन्।

युएई सरकारले डिसेम्बर २ मा ४८ औं राष्ट्रिय दिवस मनाउदै छ। यो दिवसको समारोह अघि नै देशभरका ६ सय ६२ कैदीहरूलाई रिहाइ गर्ने छ। कैदीहरूले माफि पाए लगतै नयाँ जीवनका लागि अर्को अवसर पाउने राष्ट्रपति अल नाह्यानले बताएका छन्।

प्रकाशित मिति: : 2019-11-26 15:48:08

प्रतिकृया दिनुहोस्