बलात्कारीलाई कारवाहीको माग गर्दै हैदराबादमा व्यापक प्रदर्शन

तस्बिरः एजेन्सी

भारतको हैदराबादमा २७ वर्षीया महिलाको बलात्कारपछि हत्याका आरोपितलाई कारवाहीको माग गर्दै व्यापक प्रदर्शन भएको छ।

पीडितको पक्षमा हजारौं मानिस सडकमा उत्रिएका छन्। केही ठाउँमा भने प्रहरीसँग प्रदर्शनकारीको झडप समेत भएको छ। घटनाका आरोपित चारजनालाई तत्काल कारवाही गर्नुपर्ने उनीहरुको माग छ।

भेटेरिनरी डाक्टर २७ वर्षीया महिलालाई बिहीबार बलात्कारपछि हत्या गरेको भारतीय मिडियाले जनाएका छन्।

हैदराबादबाट ५० किलोमिटर टाढा शदनगरमा उनको शव जलाइएको अवस्थामा भेटिएको थियो। पीडितको पक्षमा उत्रिएका प्रदर्शनकारीको साथमा केही राजनीतिक दलका नेता समेत संलग्न भएको बताइएको छ। उनीहरुले दोषीलाई तत्काल कारवाही हुनुपर्ने भन्दै प्रदर्शन गरेका छन्।

प्रकाशित मिति: : 2019-12-01 17:04:42

प्रतिकृया दिनुहोस्