उपराष्ट्रपति नन्दबहादुर पुन ‘ग्रीन हाउस’मा सरे

तस्बिरः बिएल

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ज्यू आज (बुधबार) देखि निवास सरेका छन्।

उनी अहिले बस्दै आईरहेको गैह्रीधारास्थित सरकारी निवासबाट लैनचौरस्थित उपराष्ट्रपतिको भवन ‘ग्रीन हाउस’मा सरेका हुन्।

उपराष्ट्रपति अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको अवसर पारेर उपराष्ट्रपति भवनमा सरेका हुन्। मन्त्रिपरिषद्को गत भदौ २१ को बैठकले समाज कल्याण परिषद्को कार्यालय रहेको भवनलाई उपराष्ट्रपतिको कार्यालय तथा निवासका लागि (उपराष्ट्रपति भवन) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

वातावरण मैत्री हरियो रङले रङ्ग्याइएको उक्त भवनलाई ‘ग्रीन हाउस’ नामाकरण गरिएको छ। सामान्य मर्मत सम्भारपछि उपराष्ट्रपति सरेका हुन्।

उपराष्ट्रपति भवनको मर्मतको काम बाँकी रहेकाले कार्यालय भने केहीं दिनपछि मात्रै सर्नेछ। उपराष्ट्रपतिको कार्यालय हाल निर्वाचन आयोगको भवनभित्रै रहेको छ। यसअघि उपराष्ट्रपतिज्यूको निवास र कार्यालय फरक–फरक स्थानमा भएकोमा अब एकै स्थानमा हुनेछ।

प्रकाशित मिति: : 2019-05-01 23:00:33

प्रतिकृया दिनुहोस्