बम बिष्फोटपछिको समिक्षा बैठक: एक जनाको ज्यान जानु बेठीक, बाँकि सबै ठीक

तस्बिरः बिएल

गएको मंसिर १० गते ललितपुरको नख्खुमा रहेको एनसेल मुख्यालयमा एक जनाको ज्यान जानेगरी भएको बम बिष्फोट र बैदेशिक रोजगार ब्यावसायी संघका अध्यक्ष रोहन गुरूङको घरमा भएको शक्तिशाली बम बिष्फोटपछि काभ्रेमा बिप्लव समूहको समिक्षा बैठक भएको खुलेको छ।

समीक्षा बैठकमा एनसेल मुख्यालयमा भएको बिष्फोटमा एक जनाको मृत्यु हुनु नराम्रो भएको निष्कर्ष निकालिएको थियो भने गुरूङको घरमा भएको बिष्फोट सही भएको ठहर गरेको थाहा भएको छ।

चैत ४ गते प्रहरीले पक्राउ गरेका बिप्लव समूहका मध्य-ब्यूरो कमाण्डर हेमन्तप्रकाश ओलीका सहयोगी नुमबहादुर बिकको हवाला दिँदै प्रहरीले यस्तो जानकारी बाहिर ल्याएको हो।

एनसेनलमा बम हान्ने र केही मेनपावर ब्यवसायीलाई सेरोटेज गर्ने निणर्य गएको असारमै भएको थियो। त्यो गर्ने जिम्मा पार्टीले मध्य-ब्युरोलाई दिएको थियो। सोही निणर्यअनुसार उपत्यका ब्यूरोले एनसेल र गुरूङको घरमा बम राखेको बिकले बताएको प्रहरीले जनाएको छ।

एनसेल मुख्यालयमा बम राखेको दिन काठमाडौंको ज्ञानेश्वरस्थित आँगन रेष्टुरेन्टअघि पनि बम राखिएको थियो। आँगनले आफ्ना मजदुर निकालेको भन्दै धम्कीस्वरुप बम राखिएको पनि बिकले बताएको प्रहरीले जनाएको छ।

कसरी चलाउँछन् विप्लबले पैसा असुल्ने धन्दा (पत्रसहित)

काभ्रेको एक अज्ञातस्थलमा मध्य-ब्यूरो प्रमुख ओलीको नेतृत्वमा बसेको बैठकले कारवाही ठीक भएको भन्दै पार्टीको पूर्वनिधारित कार्यक्रमअनुसार अघि बढ्ने निणर्य भएको ओलीका सहयोगी बिकले प्रहरीलाई बताएका छन्।

वैठकमा आगामी दिनमा हुने कार्यक्रमका बारेमा पनि छलफल भएको खुलेको प्रहरीले जनाएको छ। स्रोतका अनुसार गएको असारमा बिप्लव समुहको केन्द्रीय समितिको बैठकले प्रत्येक ब्यूरोलाई साँढे दुई करोडभन्दा माथि चन्दा उठाउने निर्देशन दिएको थियो।

त्यसैगरी एक ब्यूरोले कम्तिमा पनि दुई वटासम्म बिवादित ब्यापारी र भष्टचारी ठेकेदारलाई निशाना बनाएर सेरोटेज निणर्य भएको पनि बिकलाई उदृत गर्दै प्रहरीले बताएको छ।

प्रकाशित मिति: : 2019-03-21 23:54:58

प्रतिकृया दिनुहोस्