राष्ट्रपतिको बाँके सवारी : वागेश्वरी दर्शनदेखि आँप रोपेर पानी हाल्नसम्म भ्याइ नभ्याई

राष्ट्रपति भण्डारी आँपको विरूवा रोपेर पानी हाल्दै । तस्बिर : बीएल

राष्ट्रपति विद्यादेवी भण्डारीका लागि काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भन्ने उखान यतिबेला पूरै चरितार्थ भैरहेको छ । उनलाई मिडिया र जनताले अलंकारिक राष्ट्रपति भएको जतिसुकै सम्झाए पनि उनी सम्झिनेवाला छैनन् । सवारी चलाउँदा बाटो बन्द हुँदा जनताले सिट्टी बजाउन थालिसके तर पनि उनलाई त्यसको कुनै प्रवाह छैन, सवारी चलाएकै छिन् । 

यसै क्रममा बुधबार राष्ट्रपति भण्डारीको पश्चिम नेपालको बाँकेमा सवारी चलाइयो । विहानै नेपालगञ्ज पुगेकी राष्ट्रपति आधा दर्जन कार्यक्रममा सहभागी भइन् । उनी विहान बागेश्वरी मन्दिरको दर्शन र पूजाआजा गरिन् ।

दिउँसो जीगाउँस्थित प्रभात माविको स्वर्ण जयन्तीको समुद्द्दाटन गर्न  पुगेकी राष्ट्रपति भण्डारीले दिउँसो वातावरण संरक्षण तथा जलवायु परिवर्तन विषयक गोष्ठीको प्रमुख आतिथ्य ग्रहण गरिन् । अपरान्ह डिभिजन वन कार्यालयमा पुगेर आँपको बिरुवा रोपेर पानी हालिन् । साँझ केही उद्योगी व्यापारी, राजनीतिज्ञलाई दर्शनभेट दिइन् ।

वन तथा वातावरण मन्त्रालयले पहिलो पटक काठमाडौं बाहिर वातावरण दिवस मनाउने क्रममा राष्ट्रपतिको सवारी चलाइएको भनिएको थियो । तर उनले यही अवसरमा आँपको विरूवा रोईनेदेखि राजनीतिज्ञलाई दर्शनभेट दिनेसम्मका काम गर्न भ्याइन् । बिहान साढे सात बजेदेखि अपरान्ह पाँच बजेसम्म नै राष्ट्रपति भण्डारी व्यस्त थिइन्।

उनी आफ्नै लागि त्यसो गरिरहेकी छिन् कि अरू कसैका लागि गरिरहेकी छिन् ? , यसका बारेमा भने अनुसन्धान नै गर्नुपर्ने जस्तो भएको छ। 

 

प्रकाशित मिति: : 2019-06-05 23:23:25

प्रतिकृया दिनुहोस्