नेकपाको बैठक निष्कर्षविहीन

तस्बिरः बिएल

नेपाल कम्युनिष्ट पार्टी नेकपामा शीर्षस्थ नेतृत्वबीच सहमति नजुट्दा बुधबारको सचिवालय बैठक पनि बिना निष्कर्ष टुंगिएको छ।

नेताहरुको कार्य विभाजन, पोलिट्ब्युरो गठन र प्रवास कमिटीको एकीकरण टुंग्याउन बसेको बैठकमा नेताहरुबीच सहमति नजुटेपछि बैठक निष्कर्षविहीन टुंगिएको हो ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकपछि बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलिको बैठकले जिल्ला कमिटीका इन्चार्ज, सहइन्चार्ज तोक्ने गरी आजको बैठकमा सकारात्मक सहमति भएको बताए।

तर, वरिष्ठ नेता माधव नेपाल लगायतको केन्द्रीय सदस्यहरुलाई दोहोरो जिम्मेवारी दिन नहुने अडान कायमै छ। 

नेपाल लगायतका नेताहरु प्रदेशमा दिएको दोहोरो जिम्मेवारीप्रति लामो समयदेखि असन्तुष्ट छन् ।

दोहोरो जिम्मेवारीका विषयमा सहमति नजुट्दा बुधवारको बैठकले पनि पूर्णता पाउन सकेन ।  बैठक बिहीवार बिहान ९ बजेका लागि बोलाइएको छ।

प्रकाशित मिति: : 2019-06-06 15:06:10

प्रतिकृया दिनुहोस्