आइतबार, ०८ जुन २०२५

माओवादी पदाधिकारी बैठकमा प्रचण्डले जवाफ दिँदै

News Image
• • •

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ।

यसअघि बिहान ११ बजे बस्ने भनिएको बैठक अब २ घण्टा पछाडि दिउँसो १ बजे हुने भएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुँदैछ।

केही दिनदेखि जारी बैठकमा सोमबार नेताहरुले धारणा राख्ने क्रम सकिएको थियो। आज बैठकमा उठेका प्रश्नहरुको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको छ।

साथै बैठकले पार्टीको आगामी रणनीतिबारे पनि निर्णय लिने बताइएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?