
बिएल संवाददाता
विराटनगर
नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद कृष्णप्रसाद सिटौला गृहमन्त्री रमेश लेखकको बचाउमा उत्रिएका छन्।
आइतबार विराटनगरमा पत्रकार सम्मेलनमा बोल्दै उनले एउटा कर्मचारीको गल्तीलाई आधार बनाएर प्रमुखको राजीनामा माग्नुले गलत नजिर बस्ने बताउँदै लेखकको बचाउ गरेका हुन्।
नेता सिटौलाले विगतमा मन्त्रीहरू माथि नै कुरो उठेकोले राजीनामा दिएको दाबी गर्दै कर्मचारीमाथि आरोप लागेका बेला गृहमन्त्रीले राजीनामा दिनुनपर्ने बताए।
उनले अध्यागमन विभागको कर्मचारीमाथि आरोप लागेकोले उनीमाथि अख्तियारले छानबिन गरिरहेको र केही समय पर्खिनु उचित हुने बताए।
१ .
२ .
३ .
४ .
५ .