आइतबार, २५ मे २०२५

रविविरुद्धको आदेशमा त्रुटि भेटियो, आजै सच्याउन पेशी तोकियो

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा भएको आदेशमा त्रुटि भेटिएको छ।

शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुबेदीको इजलासले गरेको आदेशलाई ‘फैसला’ लेखिएको भेटिएको छ।

सोही त्रुटि सच्याउन आइतबार सर्वोच्च अदालत आफैंले उनीहरूकै इजलासमा पेसी तोकेको सर्वोच्चका सहप्रवक्ता उपरजिष्ट्रार निराजन पाण्डेले जानकारी दिएका छन्।

शुक्रबार सर्वोच्च अदालतले लामिछानेलाई पुर्पक्षमा जेल चलान गर्ने उच्च अदालतको आदेशलाई सदर गर्दै लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गरिदिएको थियो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?