गौरी लंकेश मुद्धामा राहुल गान्धीलाई १५ हजार जरिवाना

Agency

भारतीय कंग्रेस पार्टीका पूर्व अध्यक्ष राहुल गान्धीलाई मानहानीको मुद्धामा मुम्बईको शिवडी अदालतले विहिबार १५ हजार रुपैयाँ जरिवाना तोकेको छ।

कन्नड पत्रकार गौरी लंकेशको हत्यामा उनले राष्ट्रिय स्वयम सेवक संघलाई आरोप लगाएका थिए।

संघका कार्यकर्ता ध्रुतीमान जोशीले उनीविरूद्ध मानहानीको मुद्धा दायर गरेका थिए।

लंकेशको हत्या भएको २४ घण्टा नबित्दै राहुलले संघ र भारतीय जनता पार्टी (बिजेपी) विरूद्ध आरोप लगाउँदै उनीहरूको विचारधाराविरूद्ध बोल्नेमाथि हत्या हुने बताएका थिए।

लंकेशको ५ सेप्टेम्बर २०१७ मा बाइकमा आएका अज्ञात समूहले बेङलुरुमा गोली हानेर हत्या गरेका थिए।

राहुलले बुधबार मात्र आफ्नो सोशल मिडियामा ४ पेजको स्पष्टीकरण सार्वजनिक गर्दै कंग्रेस पार्टीको अध्यक्ष पदबाट राजीनामा गरेको बताएका थिए।

विहिबार बिहानै उनी अदालत पुगेका थिए। अदालतले सोनिया गान्धीविरूद्ध अर्को मुद्धा भने खारेज गरेको छ।

राहुलविरूद्ध यस वर्ष दुई वटा मुद्धा छ। उनलाई विहारका उपमुख्यमन्त्री सुशील मोदीले पनि मानहानीको मुद्धा दर्ता गराएका छन्। जसको निर्णय ६ जुलाईमा पटना अदालतमा हुँदैछ। राहुललाई त्यहाँ पनि उपस्थितिका लागि अदालतले आदेश दिइसकेको छ।

 

प्रकाशित मिति: : 2019-07-04 16:12:41

प्रतिकृया दिनुहोस्