प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बैठक साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाइएको हो।
सोमबार सार्वजनिक बिदा भएकाले उक्त दिन मन्त्रिपरिषद्को नियमित बैठक बस्न सकेको थिएन।
आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्य नियुक्त गर्ने विषयमा निर्णय लिइने बालुवाटार स्रोतले बतायो।