शान्ति प्रक्रिया भाँड्न नयाँ चलखेल- दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया भाँड्न नयाँ चलखेल हुन थालेको बताएका छन्।

 शुक्रबार समाजवादी पार्टी छाडेर नेकपा प्रवेश गरेका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै दाहाललेयो चलखेफ घातक हुने बताए।

शान्ति प्रक्रिया भाड्नकै लागि केही मानिसलाई युरोप घुमाएको भन्दै उनले असन्तुष्टि जनाए ।

कार्यक्रममाप्रचण्डले आफ्ना पूर्व सहकर्मीहरुलाई पार्टी एकतामा आउन आग्रह गरे । उनले नयाँ पार्टी बनाउँछु भनेर हिँडेका डा. बाबुराम भट्टराईको पीएचडी (बौद्धिकता) ले अन्यत्र सकारात्मक परिणाम दिन नसक्ने दाबी गरे।

यसैबिच उनले पूर्व सहकर्मीहरु मोहन बैद्य, मोहनविक्रम सिंहसहित चित्रबहादुरकेसी र नारायणमान विजुक्छेलाई पनि एकता प्रक्रियामा आउन आग्रह गरे।

 

प्रकाशित मिति: : 2019-07-05 14:06:52

प्रतिकृया दिनुहोस्