लालुलाई किड्नीको समस्या, दिनमा ४ वटा अन्डा खान चिकित्सकको सुझाव

Agency

‘चारा घोटाला’ काण्डमा जेलको सजाय भोगिरहेका राष्ट्रिय जनता दल (राजद) का सुप्रिमो लालुप्रसाद यादवको किड्नीमा गम्भीर समस्या देखिएको छ। उनको किड्नीबाट प्रोटिनको मात्रा ‘लीक’ हुन थालेपछि डाक्टरहरूले दिनहुँ उनलाई ४ वटा अन्डा खान सुझाव दिएका छन्।

रांचीको रिम्स अस्पतालमा उपचार गराइरहेका लालुको एउटा किड्नीले ५० प्रतिशत काम गरिरहेको छैन।

लालुको उपचारमा खटिएका डाक्टर डिके झाले महिनाको एकपल्ट उनको स्वास्थ्य परीक्षण हुने गरेको जानकारी दिए। लालुलाई डाक्टरहरूले बर्षायाममा अतिरिक्त सावधानी अपनाउन भनेका छन्।

स्वास्थ्य भोजनको निर्देशन दिइएको छ। आँपको सिजनमा माल्दा आँप बढी खाएका कारण लालुको शुगर बढेको बताइएको छ। सुगरलाई नियन्त्रणमा ल्याउन इन्सुलिनको प्रयोगमा ल्याइएको छ। डाक्टरले लालुलाई आँप खान मनाही गरेका छन्।

झारखण्डको उच्च अदालतमा उनलाई जमानत दिने विषयमा १२ जुलाईमा अन्तिम फैसला गर्दैछ।

 

प्रकाशित मिति: : 2019-07-07 15:28:17

प्रतिकृया दिनुहोस्