५२ हजार मूल्य बराबरको तीन बोरा पटाका बरामद

बिएल

सुरक्षाकर्मीको संयुक्त गस्ती टोलीले सिरहाको नवराजपुर गाउँपालिका–४ र ५ को विभिन्न स्थानबाट पटाका बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नवराजपुर र सीमा प्रहरी चौकी नवराजपुरबाट खटिएको सयुंक्त टोलीले अवैधरूपमा भारतबाट नेपालतर्फ ल्याएको रु ५२ हजार मूल्य बराबरको तीन बोरा पटाका बरामद गरेको हो ।

बरामद गरिएको उक्त परिमाणका पटाकालाई सीमा प्रहरी चौकी र सशस्त्र प्रहरी बल नवराजपुर कार्यालयमा बुधबार नष्ट गरिएको सशस्त्र प्रहरी बल नवराजपुर (बिओपी)का प्रमुख सशस्त्र प्रहरी निरीक्षक कञ्चन थापाले जानकारी दिए ।

प्रकाशित मिति: : 2019-10-30 11:36:52

प्रतिकृया दिनुहोस्