बम डिस्पोजल गर्न गएको टोलीले माटो र तामाको तार भेटे

फाइल तस्बिर:बिएल

गोरखा नगरपालिका–१२, आठकिलोमा आइतबार बिहान नक्कली बम फेला परेको छ । बमको हल्लाले केहीबेर त्रास फैलिएको थियो ।

शंकास्पद वस्तु भेटिएको सूचनापछि निरीक्षक नेतृत्वको एक प्रहरी टोली त्यसतर्फ गएको थियो ।

टोलीले खतरा लेखिएको कार्टुनभित्र बम नभएर माटो र तामाको तार मात्र फेला पारेको नेपाल प्रहरीका एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।

‘बम भेटिएको सूचना पाएपछि गएको प्रहरी टोलीले खोजी गर्दा उक्त वस्तु बम नभएको खुलेको छ’, एसपी अधिकारीले भने ।

प्रकाशित मिति: : 2019-11-03 11:29:31

प्रतिकृया दिनुहोस्