स्वर्गीय अभिनेत्री श्रीदेवीको चर्चित गीतमा 'ठुम्का' लगाउँदै उर्वशी

तस्बिरः एजेन्सी

अहिले पुराना गीत रिक्रिएट गर्ने क्रम निकै बढेको छ। दर्शक श्रोताले पनि यसलाई निकै मन पराएका छन्। यसबाट बलिउड अभिनेत्री उर्वशी रौटेला एक पटक फेरि धमाका मच्चाउन चाहन्छिन्।

यसैलाई 'फलो' गर्दाै उर्वशी र जोन अब्राहम आगामी फिल्म ‘पागलपन्ती’ मा बलिउडकी स्वर्गीय अभिनेत्री श्रीदेवी अभिनीत पुरानो चर्चित गीत ‘तेरा बिमार मेरा दिल’ को नयाँ भर्सनमा देखिने भएका छन्।

पुरानो गीत १९८९ को हिट फिल्म ‘चालबाज’ को हो जसमा सनी देओल र श्रीदेवीले अभिनय गरेका थिए।

अनिश बज्मी निर्देशित ‘पागलपन्ती’मा अनिल कपुर, जोन अब्राहम, इलियाना डिक्रुज, अरसद वारसी, पुल्कित सम्राट, उर्वशी रौटेला र कृति खरबन्दा छन्। फिल्म २२ नोभेम्बरमा रिलिज हुँदैछ।

प्रकाशित मिति: : 2019-11-05 16:14:21

प्रतिकृया दिनुहोस्