फ्राइडे रिलिजः ८५ हलमा ‘घामड शेरे’

फाइल तस्बिर

गएको कात्तिक ८ गते नै प्रदर्शनमा आउने भनेर प्रचारपसार गरेको ‘घामड शेरे’ आज (शुक्रबार) देखि प्रर्दशनमा आउने भएको छ । हेमराज विसी निर्देशित फिल्ममा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का प्रमुख भूमिकामा छन् ।

निर्देशक विसीका अनुसार ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा १७ सोज हात पारेको छ । त्यस्तै, उपत्यका बाहिरको ४ स्टेशनमा फिल्मले १२ सोज पाएको छ ।

राजधानीको विग मुभिजले ५ सोज बाँड्दा क्यूज सिनेमाज्, सिडिसी सिनेमाज् र विएसआर सिनेमाज्ले समान्तर ३र३ सोज प्रदान गरेका छन् । त्यस्तै, वान सिनेमाज र एफक्यूब सिनेमाज्मा फिल्मले ४ सोज हात पारेको छ । फिल्म देशैभर ८५ बढी हलमा प्रदर्शन हुने बताइएको छ । 

खोलालाई मुद्धा हाल्ने विषयमा केन्द्रित ‘घामड शेरे’ मा निश्चल र स्वस्तिमा भेना र सालीको भूमिकामा छन् । फिल्ममा निश्चलको श्रीमतीको भूमिकामा सुष्मा निरौला छिन् । गौरी मल्लको अतिथी भूमिका रहेको फिल्ममा बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याललगायतका कलाकारहरुको पनि अभिनय छ ।

नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मको कथा तथा पटकथा निर्देशक विसीले नै लेखेका हुन् ।

प्रकाशित मिति: : 2019-11-08 08:25:06

प्रतिकृया दिनुहोस्