फिल्म वितरक तथा निर्माता गोविन्द शाही पुनः पक्राउ

फाइल तस्बिर

फिल्म वितरक तथा निर्माता गोविन्द शाहीलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

‘लिलिबिली’ निर्माणको क्रममा एक करोड रुपैयाँ हिनामिना गरेको आरोपमा शाहीलाई बिहीबार दिउँसो भक्तपुरको राधेराधेमा रहेको भाटभटेनीबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

काठमाडौं जिल्ला अदालतले पटक-पटक उपस्थिति हुन गरेको आदेश नमानेपछि जरुरी पक्राउ पूर्जी जारी गरेर उनलाई पक्राउ गरिएको भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधानले बताए ।

‘लिलिबिली’ का निर्माता द्वय मिलन चाम्स र सुदीप खड्काले एक करोड रुपैयाँ हिनामिना गरेको भन्दै दिएको उजुरीको आधारमा प्रहरीले उनलाई गएको दुई महिना अगाडि पक्राउ गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि निर्माता शाहीले १४ दिन प्रहरी हिरासतमा विताएका थिए । तर, सर्वोच्च अदालतको आदेशपछि उनी बन्दीप्रत्यक्षीकरण रिटमा रिहा भए ।

प्रकाशित मिति: : 2019-11-08 08:47:11

प्रतिकृया दिनुहोस्