सुडान घोटालाका दोषी कैदी भारतीलाई प्रहरीकै स्कर्टिङमा होटल हिमालयमा मेजमानी

कैदी बन्दीका पनि आफ्नै अधिकार हुन्छन् । उनीहरुलाई रोग लाग्यो भने राज्य संयन्त्रकै पहलमा उपचार गरिन्छ । यो नौलो कुरा नै होइन । तर, कैदी बन्दीलाई प्रहरीकै स्कर्टिङमा उपचारको बहानामा तारे होटलमा लगेर मेजमानी गराइन्छ भने के भन्ने ?

काठमाडौंको डिल्ली बजार सदर खोरमा कैद भुक्तान गरिरहेका शम्भु भारती भने प्रहरीबाट यस्तो अभूतपूर्व सुविधा पाउने भाग्यमानी कैदीमा परेका छन् । उनी संयुक्त राष्ट्र संघअन्तर्गत सुडानको डार्फरमा तैनाथ नेपाल प्रहरीका लागि खरिद गरिएको बन्दोबस्तीका सामान (एपीसी) खरिद प्रकरणमा दोषी ठहर भएका ठेकेदार हुन् । 

भारतीले प्रहरीसँगको मिलोमतोमा उपचार गराउने बहानामा काठमाडौंको तारे होटल पुगेर घण्टौ मोजमस्ती गरेको प्रमाण शिलापत्रले फेला पारेको छ ।

कारागारबाट बीर अस्पताल उपचारको लागि जानेभन्दै भारती ललितपुरस्थित तीन तारे होटल हिमालय पुगेको खुलेको हो । डिल्ली बजार सदरखोरबाट उपचार गराउन बीर अस्पताल लगिएका भारतीलाई पुल्चोकमा रहेको होटल हिमालय पुर्याउनै पर्ने ‘वाध्यता’ प्रहरीलाई किन पर्यो भन्ने रहस्य भने खुलेको छैन ।

प्रकाशित मिति: : 2019-11-08 17:46:47

प्रतिकृया दिनुहोस्