चितुवाको छालासहित तीनजना पक्राउ

बिएल

चितुवाको छालासहित धनुषामा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने २८ वर्षीय सुनिल ढुंगेल, ३९ वर्षीय शिवकुमार महतो र धनौजी गाउँपालिका–४ बस्ने ३६ वर्षीय जयराम मण्डल रहेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेड क्वाटर धनुषाबाट खटिएको ६ जनाको स्क्वाइड टोलीले चितुवाको छाला मोटरसाइकलमा लुकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा चेकजाँचको क्रममा तीनै जनालाई शुक्रबार साँझ पक्राउ गरेको हो ।

उनीहरूको साथबाट चितुवाको शरिरको ५ फिट छाला र पुच्छरसहित गरी ७.५ फिट लम्बाई र ४/४.५ फिट चौडाइको रहेको छाला बरामद भएको हो।

पक्राउ परेका तीनैजनालाई थप कारबाहीका लागि डिभिजन वन कार्यालय धनुषामा बुझाइएको प्रहरीले बताएको छ।

प्रकाशित मिति: : 2019-11-09 11:13:09

प्रतिकृया दिनुहोस्