नेपाललाई जितका लागि १ सय ९० रनको फराकिलो लक्ष्य

फाइल तस्बिर

मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले टी–ट्वान्टी क्रिकेटमा नेपाललाई जितका लागि १ सय ९० रनको फराकिलो लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८९ रन बनायो ।

एमसीसीका लागि विल्ली गोड्लम्यानले ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै एड योङले ४२ रन जोड्दा एलेक्स थमप्सन २० रनमा अविजित रहे ।

नेपालका राशिद खानले तीन विकेट लिए ।

प्रकाशित मिति: : 2019-11-09 12:45:48

प्रतिकृया दिनुहोस्