कसरी ठगिन्छन् विदेशी पाहुना ?

Photo Credit :Onlinekhabar.com

नेपाली र भारतीयबाहेक तेस्रो मुलुकबाटआउने पर्यटकलाई माउन्टेन फ्लाईटको भाडा जति तोकिएको छ त्यही भाडाले भारतीय पर्यटकलाई माउन्टेन फ्लाईटबाट फर्किएर पनि फेरि पोखरा जान पुग्छ । तेस्रो देशका पर्यटकहरुले पोखरा जानको लागि जति भाडा तिर्छन् त्यही भाडाले भारतीय पर्यटकहरुलाई भने तीन पटक पोखरा जान आउन पुग्छ । त्यतिमात्रै होइन एकपटक विदेशीले पोखरा जाँदा तिर्नुपर्ने भाडाले नेपाली र भारतीयहरु दिल्ली पुग्न सक्छन् । अर्थात् काठमाडौंबाट दिल्ली पुग्नभन्दा महंगो छ पोखरा जान ।

यी माथिका उदाहरणहरु भारतीय पर्यटकको खर्च गर्ने शैलीका कारण होइन, एयरलाइन्स कम्पनीहरुले भारतीय र अरु पर्यटकलाई गरेको विभेदका कारण भाडामा आएको भिन्नता हो । जसका कारण एउटै गन्तव्यमा पुग्नको लागि अन्य देशका पर्यटकहरुले ३ गुणासम्म बढी भाडा तिर्नुपर्ने बाध्यता छ ।

प्रकाशित मिति: : 2019-11-20 11:58:56

प्रतिकृया दिनुहोस्