भारत सरकारले जम्मु–कश्मिरलाई ६५ वर्षदेखि दिँदै आएको स्वतन्त्र राज्यको दर्जाबाट हटाउने निर्णय गरेपछि सुरक्षा व्यवस्थालाई थप कडा गरिएको छ।
सोमबार राज्यसभामा भारतका केन्द्रीय गृह मन्त्री अमित शाहले ३५ ‘ए’ को धारा खारेज गरेको घोषणा गरेपछि देशभित्र राजनीतिक ध्रुबीकरण सुरु भएको छ।
सरकारले जम्मु–कश्मिरबाट ३५ ‘ए’ को धारा खारेज गरेको घोषणा गर्नु एकसाता अघि नै ३५ हजार सेना तैनाथ गरेको थियो।
याे पनि पढ्नुहाेस।
घोषणापछि गडबढी हुने सम्भावनाका बीच सरकारले सोमबार थप ८ हजार सेना जम्मु–कश्मिरमा पठाएको छ।
सरकारले जम्मु–कश्मिरबाट लद्धाखलाई अलग गर्दै छुट्टै राज्यको मान्यता पनि दिएको छ। अब जम्मु–कश्मिरमा सिधै केन्द्र शाषित सरकार बन्ने छ।
३५ ‘ए’ घोषणा अघि सरकारले आइतबार मध्यराती कश्मिरमा कर्फ्यु लागु गरेको थियो। सोमबार स्कुल र कलेज पनि बन्द गरिएको छ। यस्तै आर्मी र एयरफाेर्सलाई तयारीका साथ राखिएकाे छ।
याे पनि पढ्नुहाेस।