धनुषामा १४ महिनाका बच्चा सुतिरहेकै ठाउँबाट हराए

प्रतिकारत्मक तस्बिर

धनुषामा १४ महिनाका बच्चा सुतिरहेकै ठाउँबाट दुई दिनदेखि हराएका छन्।

सबैला नगरपालिका-१० खरिहानी टोल बस्ने दीपनारायण साहका १४ महिने छोरा गोलु साह आइतबार राति ८ बजे सुतिरहेकै ठाउँबाट हराएका हुन्। घरमा आउँदा बच्चा नदेखेपछि उनले प्रहरीलाई सोमबार राति झन्डै दस बजे खबर गरेकी थिइन्।

धनुषा प्रहरीका अनुसार गोलुकी आमा रिता कापर दस महिनाअघि अर्कैसँग बिहे गरेर गएकी थिइन्। त्यसयता बच्चा सौतेनी आमाको काखमा थिए।

यो बीचमा बच्चा उनकै आमाले लगेको शंका गर्न सकिने प्रहरीले जनाएको छ।

धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बालक अपहरणमा परेको भए फिरौतीको ‘डिल’ हुने भएकाले चोरी भएको आशंका गरिएको छ।

प्रकाशित मिति: : 2019-12-03 13:50:40

प्रतिकृया दिनुहोस्