मन्त्रीले केन्द्राध्यक्षलाई भने - ‘तिमीलाई हेडमास्टर कसले बनायो ?’

सामाजिक विकासमन्त्री नवलकिशोर साह। तस्बिरः अन्नपूर्ण पोष्ट

केन्द्राध्यक्षलाई मन्त्रीको हप्कीदप्की

जनकपुरधाम : परीक्षा अनुगमनका क्रममा प्रदेश–२ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले केन्द्राध्यक्ष र शिक्षकलाई हप्कीदप्की गरेका छन्। मन्त्रीको यो कदमलाई अपमानको संज्ञा दिँदै शिक्षक आन्दोलित भएका छन्।

माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिन आइतबार बिहान ९ बजे मन्त्री साह जनकपुरको सरस्वती नमुना मावि पुगेका थिए। शिक्षक शंकरकुमार दासलाई कार्डबिना देखेपछि मन्त्रीले केन्द्राध्यक्ष सत्यनारायण मण्डल बोलाएर परीक्षा हलबाट बाहिर निकाल्न निर्देशन दिए। मन्त्रीले दासलाई परिचयपत्रमा फोटो किन नटाँसेको भनी प्रश्न गरेका थिए।

प्रकाशित मिति: : 2019-03-25 10:03:00

प्रतिकृया दिनुहोस्