प्रचण्ड पत्नी सीतालाई विचित्रको पिएसपीले कसरी सताउँदैछ?

तस्बिर : प्रचण्डको सचिवालय

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अमेरिकामा उपचार गराएर बिहीबार साँझ स्वदेश आइपुगेका छन्। सीता ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) रोगबाट पीडित छन्। त्रिभुवन विमानस्थलमा संवाददातासँग कुरा गर्दै दाहालले सीतालाई लागेको पिएसपी विचित्रको रोग भएको बताएका छन। 

आमा-बुवासँगै अमेरिका गएकी छोरी गंगा दाहालका अनुसार सीताको उपचार अमेरिकाको वासिङ्टन डिसीको जर्ज टाउन युनिभर्सिटी हस्पिटल र अलाबामाको बर्मिन्गम युनिभर्सिटी हस्पिटलमा गराइएको हो...

प्रकाशित मिति: : 2019-03-28 20:51:12

प्रतिकृया दिनुहोस्