डाक्टर लोग्नेबाट कुटिएकी सुनीताको ज्यान गयाे

तस्बिर : नागरिक

वीरगन्ज – २० हपतगन्जकी ४५ वर्षीया सुनीता यादवलाई उनका पति मधुमेह तथा थाइराइड रोग विशेषज्ञ सचितानन्द यादवले गत चैत ६ गते मरणासन्न हुने गरी कुटपिट गरेका थिए। उनको शिक्षण अस्पताल महाराजगन्जमा उपचार हुँदै आएको थियो। यादवकी सुनीता जेठी पत्नी हुन्। डा. यादवले श्रीमती सुनीतामाथि कुटपिट गरेपछि घाइते उनलाई गण्डक अस्पताल लगिएको थियो।

अवस्था चिन्ताजनक भएको भन्दै उनलाई डाक्टरहरुले सघन उपचार कक्षामा राखेर उपचार थालेका थिए। अवस्थामा सुधार नदेखिएपछि चिकित्सककै सल्लाहमा गत मंगलबार थप उपचारका लागि काठमाडौं लगिएको थियो।

प्रकाशित मिति: : 2019-03-29 22:06:21

प्रतिकृया दिनुहोस्