बार निर्वाचन : काठमाडौं उपत्यकामा ६९.४१ प्रतिशत मत खस्यो, मत गणना कहिले ?

फोटो: नयाँपत्रिका

बारमा २५ पदका लागि ६३ जनाको उम्मेद्वारी परेको थियो। मतदानमा काठमाडौं उपत्यकाकामा ६९.४१ प्रतिशत मत खसेको निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए।

निर्वाचन अधिकृत खड्काका अनुसार काठमाडौं जिल्ला अदालत बार इकाइबाट १ हजार ५ सय ८०, पाटन उच्च अदालत बार इकाइबाट १ हजार ६ सय ८८, सर्वोच्च अदालत बार इकाइबाट ६ सय ४४, ललितपुर जिल्ला अदालत बार इकाइबाट ५ सय दुई र अन्यबाट एक सय १० गरी चार हजार पाँच सय २४ मत खसेको छ । सबैभन्दा बढी मतदाता रहेको काठमाडौं मतदान केन्द्रमा ६ हजार ४ सय र सबैभन्दा कम जुम्ला मतदान केन्द्रमा १४ जना मतदाता रहेका थिए।

प्रकाशित मिति: : 2019-03-30 21:50:22

प्रतिकृया दिनुहोस्