जब दरबारलाई झुक्याएर राजा वीरेन्द्रबाट हायातको उद्घाटन गराइयो

हायात होटल

‘राजाबाट होटलको उद्घाटन गर्ने प्रचलन नै थिएन। हायात खासमा होटल नभएर सांस्कृतिक पर्यटकीय केन्द्र भएकाले फरक नपर्ने बताएपछि दरबारको चित्त बुझ्यो र उद्घाटनका लागि स्वीकृति भयो।’ करिब पचास वर्षअघि अहिले हायात होटल रहेको काठमाडौं बौद्धको जग्गा अधिग्रहण गर्दाको प्रमुख उद्देश्य थियो, नेपालमा रहेका जातजातिको संस्कृति झल्किने गरी ‘सानो नेपाल’ निर्माण गर्ने। जसमा ७५ जिल्लाको प्रतिनिधित्व हुने प्रतीकहरुसहित तारागाउँ पार्क बनाउने र नेपाल घुम्न आउने विदेशीहरुलाई सांस्कृतिक विविधताबारे जानकारी दिने योजना थियो।

तर बौद्धको त्यो जग्गामा अहिले ‘सानो नेपाल’ होइन, ठूलो व्यवसायिक होटल हायात देख्न सकिन्छ, जहाँ विदेशीहरू नेपालको संस्कृति हेर्न होइन, आरामदायी बासस्थान खोज्दै पुग्ने गर्छन्। पर्यटन पूर्वाधार विकासका हिसावले हायातजस्तो ठूलो होटल बन्नु आफैमा राम्रो पक्ष हो, तर एउटा राष्ट्रिय उद्देश्यका निम्ति अधिग्रहण गरिएको जग्गा जसरी मिलेमतो गर्दै व्यापारिक घरानाको हातमा पुग्यो, त्यसले सार्वजनिक निजी साझेदारी मोडलमै अहिले प्रश्न उठाइदिएको छ...

प्रकाशित मिति: : 2019-03-30 22:40:30

प्रतिकृया दिनुहोस्