प्रधानमन्त्री ओली २ दिन उपत्यका बाहिर : कवि गोष्ठीदेखि पशुहाट उद्घाटनसम्म

अनलाइनखबर

१७ चैत, काठमाडौं । लगानी सम्मेलन सकिएको भोलिपल्टदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं बाहिर दुई दिन गुजार्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीले आइतबार र सोमबार दुई दिन मोरङ र झापामा विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउँदैछन् ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार,  ओलीले आइतबार मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम छ । त्यहाँ निर्मित स्तम्भको पनि अनावरण गर्ने कार्यक्रम छ । साथै मदन भण्डारी स्मृति प्रतिष्ठान अन्तरगत इन्जिनियरिङ कलेजको समेत उदघाटन गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति: : 2019-03-31 09:28:51

प्रतिकृया दिनुहोस्