भारतीय चुनाव फेसबुकको अग्निपरीक्षा

न्यूयाेर्क टाइम्स्

गत फेब्रुअरी १४ मा काश्मिरको फुलवामामा भएको आत्मघाती बम आक्रमणमा ४० भन्दा बढी भारतीय सुरक्षाकर्मी मारिए। विस्फोट गराउने आतंककारीलाई पाकिस्तानले समर्थन गरेको आरोप भारतले लगायो। लगत्तै दुई देशबीच हवाइ युद्ध भयो।

त्यो युद्ध आकाशमा मात्रै भएन, साइबर संसारमा पनि भयो।

आतंककारीको क्याम्प बताइएको पाकिस्तानी क्षेत्रमा भारतले हवाइ आक्रमण गरेको एउटा भिडियो फेसबुकमा भाइरल भयो। खासमा त्यो एउटा ‘भिडियो गेम’को दृश्य थियो।

‘फ्याक्ट–चेकर्स’ले भिडियोमा देखिने लाश पाकिस्तानी लडाकूको नभएर सन् २०१५ मा हिट वेभका कारण ज्यान गुमाउने सर्वसाधारणको भएको बतायो। स्थानीय समाचार दोहोरो भिडन्तको ‘एक्सक्लुसिभ’ सामग्रीले भरिएका थिए। जुन अधिकांश झूटा थिए।

फेसबुकमा ‘फेक पोस्ट’को बाढी नै आयो । ‘एउटै समाचारबाट यति धेरै झूटा फैलिएको मैले कहिले देखेको थिइनँ,’ टुशार बरोटले ट्विट गरे। बरोट पहिले बिबिसिका पत्रकार थिए। हाल भारतमा फेसबुकका लागि दुष्प्रचार विरूद्धका प्रयास नेतृत्व गर्छन्...

प्रकाशित मिति: : 2019-04-03 08:07:31

प्रतिकृया दिनुहोस्