आँधीको अध्ययन गर्न मौसमविदको टोली बारा-पर्सा जाँदै

अनलाइनखबर

२० चैत, काठमाडौं । विनासकारी आँधीबेहरीको अध्ययन गर्न मौसमविदको टोली बारा र पर्सा जाँदै छ । मौसम विज्ञान विभागबाट वरिष्ठ मौसमविद सहितको टोली बुधबार त्यसतर्फ जान लागेको हो ।

टोलीमा वरिष्ठ मौसमविदद्वय सुजन सुवेदी र अर्चना श्रेष्ठ तथा सहायक मौसमविद गोविन्द झा छन् । उनीहरुले स्थलगत अवलोकन गर्ने छन् । यो टोलीले ल्याउने रिपोर्टका आधारमा थप अध्ययनको लागि अर्को उच्चस्तरीय टोली बनाउने-नबनाउने भन्ने निर्णयमा पुग्ने सरकारको तयारी छ ।

प्रकाशित मिति: : 2019-04-03 09:12:08

प्रतिकृया दिनुहोस्