सावित्रा भण्डारी: भारतीय लिगमा उत्कृष्ट 'डेब्यु' गरेकी नेपाली खेलाडीको रोमाञ्चक यात्रा

भारतमा सुरु भएको इन्डियन विमिन्स लिग आइडब्लुएलमा पहिलो नेपाली खेलाडीको प्रवेश शानदार भएको छ।

मैदान छिरेको २८ सेकेन्डमा नै चर्चित नेपाली स्ट्राइकर सावित्रा भण्डारीले गोल गरिन्।

चार गोल गरेकी भण्डारी 'विमन अफ द म्याच' भइन् र आफ्नो टोली सेथु क्लबलाई प्रतिद्धन्दी मणिपुर पुलिस स्पोर्ट्स क्लबविरुद्ध ६-४ को विजय दिलाउन सहयोग गरिन्।

पहिलो पटक नेपाली महिला फुटबल खेलाडीले विदेशबाट खेल्न सुरु गरेको यो प्रदर्शन उच्चस्तरको भएपनि भण्डारीको खेलयात्रा बुझ्नेहरूका लागि यो अचम्मको प्रदर्शन भने होइन।

प्रकाशित मिति: : 2019-05-08 03:43:53

प्रतिकृया दिनुहोस्