विराटनगर पुगेर देउवाले भने– सरकार मुलुकलाई कम्युनिष्ट ‘स्टेट’ बनाउने ध्याउन्नमा

बिएल

कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको सरकार मुलुकलाई कम्युनिष्ट ‘स्टेट’ बनाउने ध्याउन्नमा लागेको आरोप लगाएका छन्।

उनले त्यसमा कांग्रेसको आपत्ति रहेको जनाए। मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै देउवाले केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकार मुलुकमा कम्युनिष्ट शाषन लाद्ने प्रयत्नमा रहेको जिकिर गरे।

‘सरकार स्थापनादेखि मुलुकमा सबै कुरा लथालिंग हुँदै गइरहेका छन्,’ उनले भने, ‘प्रजातन्त्रको मूल्यमान्यतामाथि हस्तक्षेप भइरहेको छ।’

सरकारले गर्ने गलत काम कांग्रेसलाई मान्य नहुने देउवाको भनाइ छ। विधिको शाषन नहुँदा वर्तमान सरकार भ्रष्टाचारलाई बढाउने गतिविधीमा लागेको, सञ्चार क्षेत्रमाथि हस्तक्षेप गरेको तथा मानवाधिकार जस्ता संवेदनशील विषयमा गम्भीर नभएको आरोप उनले लगाए। सञ्चार क्षेत्रमाथिको हस्तक्षेपसँगै लोकतन्त्र खतरामा रहेको बताउँदै सभापति देउवाले भने, ‘प्रेसलाई अंकुश लगाएर संकुचन गर्ने प्रवृत्ति र त्यस्ता कानुनको कांग्रेसले सधैं विरोध गरिरहन्छ।’

प्रेसमाथि अंकुश लगाउँदा लोकतन्त्रमाथि खतरा रहेको कुरा सबैले बुझ्न जरुरी रहेको उनले बताए।

पार्टीभित्र अझै पनि गुटउपगुट रहेको भन्ने प्रश्नमा देउवाले प्रजातान्त्रिक पार्टीभित्र गुटउपगुट भन्दा पनि एकता भएको दाबी गरे। ‘पार्टीमा कुनै बैमनश्यता छैन,’ उनले भने, ‘हामी नेता सबै एक भएर मिलेका छौं। सभापति देउवासहित पूर्व अर्थमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, सांसद विनोद चौधरीलगायत

सुनसरीको इनरुवामा हुने कांग्रेसको दोश्रो राष्ट्रिय जागरण अभियानको उद्घाटनका लागि आएका हुन्।

 

 

प्रकाशित मिति: : 2019-09-10 18:35:13

प्रतिकृया दिनुहोस्