क्रिस गेलले खोले फिटनेशको रहस्य

तस्वीरः एजेन्सी

पाँचौ तथा अन्तिम विश्व कप खेलिरहेका वेष्ट इन्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेलले ३९ वर्षको उमेर आफ्नो फिटनेशको रहस्य खोलेका छन्।

उनले योग र मसाजका कारण आफू फिट भएको बताएका छन्। लामो समय क्रिकेट खेल्दा शरीरमा हुने थकाइ हटाउन आफूले योग र मसाजको सहयोग लिइरहेको उनको भनाई थियो।

उनी जीम जादैनन्। आइपिएलमा उनले ४१ को औषतले ४९० रन बनाएका थिए। उनले हालै दिएको एक अन्तर्वार्तामा आफू लयमा रहेको र विश्व कपमा उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन्।

उनले भने, ‘उमेरले आफ्नो रंग देखाउछ नै। तर, मेरो लागि महत्वपूर्ण कुरा मानसिक सन्तुलन हो। मैले पछिल्लो दुई वर्ष फिटनेशमा त्यति ध्यान दिएको छुइन, जति मानसिक कुरामा।’

उनले हाल आफू विश्राममा रहेको पनि बताए। ‘म आराम गरिरहेको छु। मसाज पनि। विश्व कप अगाडि स्वस्थ्य भएर उत्रिन चाहन्छु,’ उनले भने।

उनले युवा खेलाडीसँग मिलेर विश्व कप जित्ने चाहना रहेको बताए। गेलले १ सय ३ टेस्ट, २ सय ८९ एकदिवसीय खेलिसकेका छन्।

उनी हाल वेष्ट इन्डिज टिमका उप–कप्तान हुन्।

प्रकाशित मिति: : 2019-05-16 13:50:42

प्रतिकृया दिनुहोस्