नेइमार ब्राजिल टिमको कप्तानबाट बर्खास्त, डानीलाई नेतृत्व

Agency

फ्रेन्च लिगमा दर्शकसँग खराब व्यवहार देखाएका स्टार फुटबल खेलाडी नेइमारलाई ब्राजिलले आफ्नो टिमको कप्तानीबाट निस्काशित गरेको छ। उनको स्थानमा डानी अल्वेसलाई ब्राजिली राष्ट्रिय टिमको नेतृत्व सुम्पिएको सोमबार जारी ब्राजिल फुटबल संघको विज्ञप्तीमा जनाइएको छ।

नेइमारले रेनेसविरूद्ध फ्रेन्च लिगको फाइनलमा पराजित खेलमा दर्शकसँग खराब व्यवहार देखाएका थिए। उनलाई खराब व्यवहारका लागि तीन खेलमा पनि प्रतिबन्ध लगाइएको थियो। नेइमार हाल पेरिस सेन्ट जर्मेन क्लबमा आवद्ध छन्।

नेइमारको स्थानमा कप्तान नियुक्त भएका डानीले आउँदो कोपा अमेरिका कपमा टिमको नेतृत्व गर्नेछन्।

संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘उनलाई कप्तान पदबाट हटाइएको निर्णय प्रशिक्षक टिटेले नेइमारलाई दिइसकेका छन्।’

कोपा अमेरिका कप १४ जुनदेखि ७ जुलाईसम्म ब्राजिलमा आयोजना हुँदैछ। आठ पल्टको च्याम्पियन ब्राजिल समूह चरणको खेलमा बोलिभिया, भेनेजुएला र पेरुसँग खेल्दैछ।

प्रतियोगिता अगाडि ब्राजिलले कतार र होन्डुरसविरूद्ध मैत्री खेल खेल्ने छ।

प्रकाशित मिति: : 2019-05-28 15:14:21

प्रतिकृया दिनुहोस्