व्यापारीक मल बाहिर विश्व कप क्रिकेटको उद्घाटन

तस्वीरः एजेन्सी

चार वर्ष लामो प्रतिक्षापछि एकदिवसीय विश्व कप क्रिकेटको १२ औं संस्करण विहिबारदेखि सुरु हुदैछ। तर, प्रतियोगिताको औपचारिक उद्घाटन बुधबार आजै बेलायतको राजधानीमा रहेको चर्चित ‘लण्डन मल’ मा भयो। 

बेलायती राजदरबार बकिङ्घम प्यालेस नजिकै रहेको लण्डन मलमा विश्वका चर्चित क्रिकेट हस्तीसँगै ४ हजार छानिएका दर्शकसामू विश्व कपको औपचारिक उद्घाटन गरिएको थियो। यसअघि भएको विश्व कपभन्दा नितान्त भिन्न थियो, यसपालिको उद्घाटन। यसअघि क्रिकेट मैदानमा विश्व कपको उद्घाटन गर्ने चलन थियो।

यसपालि विश्वभरिबाट आवेदन भरेका ४ हजार व्यक्तिलाई ब्यालेटको माध्यमबाट छानेर उद्घाटन सत्रमा समावेश गरिएको थियो।

उद्घाटन अगाडि विश्व कप खेल्ने १० वटै राष्ट्रका कप्तानहरूले बेलायती महारानी एलिजावेथ द्धितियसँग भेट गरेका थिए। महारानीले कप्तानहरूसँग बसेर फोटोसमेत खिचाएकी थिइन।

यसपालिको विश्व कपमा ४८ खेल हुनेछ। सन् १९९२ झै राउन्ड रोबिनको आधारमा खेल खेलाउन लागिएको छ। विश्व कपअन्तर्गत आयोजक इंग्ल्यान्डले विहिबार उद्घाटन खेल दक्षिण अफ्रिकाविरूद्ध खेल्दैछ।

प्रकाशित मिति: : 2019-05-29 23:57:32

प्रतिकृया दिनुहोस्