म्याराडोनाले नौ महिनामै छोडे मेक्सिकन क्लब

तस्वीरः एजेन्सी

अर्जेन्टिनाका महान फुटबल खेलाडी डियगोे म्याराडोनाले स्वास्थ्यको कारण देखाउँदै मेक्सिकोको एउटा क्लबको प्रशिक्षक पदबाट राजीनामा गरेका छन्। उनले मेक्सिकोको सेकेन्ड डिभिजन क्लब डोराडोसको प्रशिक्षकबाट नौ महिनामै राजिनामा दिएका हुन् । 

अर्जेन्टिनाका पूर्व प्लेमेकर म्याराडोनाका वकिल माटियास मोरालाले विहिबार यसको जानकारी दिँदै भने, ‘म्याराडोनाले डोराडोस क्लबको प्रशिक्षक पद छोड्ने निर्णय गरेका छन्। उनले आफ्ना चिकित्सकको सल्लाह वमोजिम स्वास्थ्यमा ध्यान दिन र आफ्नो काँध र घुँडाको सल्यक्रिया गर्न राजीनामा गरेका हुन्। हामी डोराडोस क्लब परिवारलाई विशेषरुपमा धन्यवाद भन्न चाहन्छौं।’

म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले सन् १९८६ को विश्व कप जितेको थियो। स्वास्थ्यको समस्याका कारण उनले १९९७ मा खेलबाट राजीनामा गरेका थिए।

म्याराडोनाले अर्जेन्टिनाको विश्व कप टोलीलाई पनि प्रशिक्षण दिइसकेका छन्।

प्रकाशित मिति: : 2019-06-14 16:11:23

प्रतिकृया दिनुहोस्