अमेरिका महिला विश्वकप फुटबल च्याम्पियन भएको छ । फ्रान्समा जारी महिला विश्वकप फुटबलको फाइनलमा नेदरल्याण्ड्सलाई २-० ले पराजित गरी अमेरिका विश्व च्याम्पियन भएको हो ।
पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६१औं मिनटमा अमेरिकाले पेनाल्टीबाट गोलको खाता खोल्यो । अमेरिकाका तर्फबाट क्याप्टेन मेगन र्यापिनोले गोल गरिन् । त्यसको आठ मिनेटपछि रोज ल्याभिलीले आकर्षक गोल गर्दै गोलको संख्या २ पुरयाइन् ।
खेलको अन्तिम समयसम्म पनि नेदरल्याण्ड्सले गोलको खाता नै खोल्न सकेन ।
अमेरिका इङ्ल्याण्डलाई किनारा लगाउँदै फाइनलमा प्रवेश गरेको थियो । यसअघि क्वार्टरफाइनलमा आयोजक फ्रान्स र प्रि क्र्वाटरफाइनलमा स्पेनलाई पराजित गरेको थियो। यसअघि समूह चरणको खेलमा उसले थाइल्याण्ढ, चिले र स्विडेनलाई पराजित गरेको थियो ।