ब्राजिल छैटौपटक कोपा-अमेरिका फुटबल च्याम्पियन : फाइनलमा पेरू ३-१ ले स्तब्ध

विजयको उत्सव मनाउँदै ब्राजिलियन फुटबल खेलाडी । तस्बिर : इएसपीएन ।

ब्राजिल छैटौपटक कोपा अमेरिका फुटबल च्याम्पियन भएको छ । ब्राजिलमा जारी ४६औं संस्करणको कोपा अमेरिकाको फाइनलमा पेरूलाई २१ ले पराजित गर्दै ब्राजिलले यो कीर्तिमानी जीत हात पारेको हो ।

ब्राजिलको जितको लागि १५औं मिनेटमा एभर्टोन सोर्सले गोलको खाता खोलेका थिए । ४४औं मिनेटमा पेरूले पेनाल्टीमा गोल  गर्दै खेल १-१ को बराबरी स्थितिमा पुर्यायो । तर, त्यसको तीन मिनेटपछि हाफ टाइमको अतिरिक्त समयमा ब्राजिलका जिससले गोल गर्दै ब्राजिलको पक्षमा २-१ को अग्रता दिलाए । ९०औं मिनेटमा ब्राजिलका रिचार्लीसनले पेनल्टीबाट गोल गर्दै ३-१ को अग्रता दिलाउँदै जित सुनिश्चित गरे । 

खेलको ७०औं मिनेटमा जिसस रातो कार्ड पाएपछि ब्राजिल १० खेलाडीमा सिमित भयो । त्यसपछि रक्षात्मक खेल खेलेको ब्राजिलले अरू गोल थप्न ९०औं मिनेटसम्म पर्खनु परेको थियो । १० खेलाडीमा सिमित ब्राजिलविरूद्ध पेरूले कुनै  गोल थप्न सकेन । 

ब्राजिल सेमिफाइनलमा अर्जेन्टिनालाई २-० ले पराजित गरेर फाइनलमा पुगेको थियो भने पेरू डिफेन्डिङ च्याम्पियन चिलेलाई ३ ० ले स्तब्ध पार्दै फाइनलमा पुगेको थियो । 

प्रकाशित मिति: : 2019-07-08 03:49:09

प्रतिकृया दिनुहोस्