भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले अर्जेन्टिनाका स्टार स्ट्राइकर लिओनल मेसीको कीर्तिमान भंग गरेका छन्। क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलमा ७० गोल पुरा गर्दै मेसीलाई पछाडि छोडेका हुन्।
मेसीको अन्तर्राष्ट्रिय फुटबलमा ६८ गोल छ। मेसीले १ सय ३६ अन्तर्राष्ट्रिय खेल खेलेका छन्। मेसीको तुलनामा २७ खेल कम खेलेका क्षेत्रीले १ सय ९ खेल खेलेका छन्।
भारतीय कप्तानले इन्टर कन्टिनेन्टल कपअन्तर्गत ताजकिस्तानविरूद्ध ४–२ गोलले पराजित खेलमा दुई गोल गरेका थिए। उनले खेल सुरु भएको चौथो मिनेटमा पेनाल्टीबाट गोल गर्दै मेसीको गोलको कीर्तिमानलाई पछाडि छोडेका हुन्। उनले ४१ मिनेटमा दोस्रो गोल गरेका थिए।
भारतले अर्को खेल दक्षिण कोरियाविरूद्ध १३ जुलाईमा खेल्ने छ। अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाममा छ। उनले १ सय ५८ खेलमा ८८ गोल गरेका छन्। क्षेत्री दोस्रो नम्बरमा उक्लिएका छन्।