चर्चित अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सलाई पराजित गर्दै सिमोना हालेपले यस वर्षको विम्बल्डन टेनिसको उपाधि जितेकी छिन्।
२७ वर्षीय सिमोना विम्बल्डन जित्ने पहिलो रोमानियाली खेलाडी हुन्। उनले यो इतिहास बनाउन शनिबार विम्बल्डनको ग्रास कोर्टमा ६–२ र ६–२ को सोझो सेटमा सेरेनालाई पराजित गरिन्। उनले ५६ मिनेटमा ७ पल्टकी च्याम्पियनलाई पराजित गरिन्।
सिमोनाको यो दोस्रो ग्रान्ड स्लाम उपाधि हो। उनले यसअघि फ्रेन्च ओपनको उपाधि जितेकी थिइन। ३३ वर्षीय सेरेना २४ औं ग्रान्ड स्लाम जितेर अस्ट्रेलियाकी मारग्रेट कोर्टको कीर्तिमानलाई बराबरी गर्ने इतिहास नजिक थिइन। तर, उनी चुकिन्।