नेपालले एशियन इन्डोर हक्की कप प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको छ। बुधबार थाइल्यान्डमा भएको खेलमा नेपालले ३–२ गोलले फिलिपिन्सलाई पराजित गर्यो।
नेपालको जितमा देबिका बिकले २ तथा निलिमा पाण्डेले १ गोल गरिन्।
नेपालले पहिलो पल्ट एशियनस्तरको हक्की प्रतियोगिता खेलेको हो। नेपालले आफ्नो पहिलो सहभागितामा पहिलो खेलमै जित सम्भव पारेको हो। चुनबुरीमा भइरहेकाे प्रतियाेगितामा बिहिबार नेपालकाे भिड्न्त इरानसँग हुने बरिष्ठ प्रशिक्षक रञ्जन थापाले बीएल मिडियालाई जानकारी गराए।
नेपाली टिम फितलाे तयारीसहित थाईल्याण्ड पुगेकाे थियाे। नेपालमा हालसम्म एउटा पनि एस्टाे टर्फ मैदान छैन।