आइसिसीको प्रतिबन्धपछि जिम्बाबेको प्रतिक्रिया, आइसिसीको कुनै प्रतियोगिता नखेल्ने

Agency

अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले प्रतिबन्ध लगाएको विरोधस्वरुप जिम्बाबेले बंगलादेशमा आगामी सेप्टेम्बरदेखि सुरु हुने त्रिकोणात्मक टि–२० प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएको छ।

आइसिसीले यसै साता जिम्बाबेलाई निलम्बन गर्ने निर्णय गरेपछि प्रतिक्रिया स्वरुप शनिबार जिम्बाबे क्रिकेट संघले यस्तो निर्णय गरेको हो। उसले आइसिसीको भविष्यमा हुने कुनै पनि प्रतियोगिता र कार्यक्रममा आफूलाई भाग लिइरहनु पर्ने बाध्यकारी अवस्था अब नभएको बताएको छ।

आइसिसीको प्रतिबन्धपछि जिम्बाबेमा यसै बर्ष आयोजना हुने टि–२० विश्व कप छनोटको खेल संकटमा परेको छ।

आइसिसीको निर्णयले जिम्बाबेका थुप्रै प्रतिभाशाली खेलाडीको भविष्य समाप्त भएको भन्दै संघले विरोध जनाएको छ।

आइसिसीले जिम्बाबेलाई प्रतिबन्ध लगाउने निर्णय गरेलगत्तै अलराउन्डर सोलोमोन मिरेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन्। आइसिसीले प्रतिबन्ध लगाए लगत्तै महिला टिमको आइरल्यान्ड भ्रमण पनि रद्द गरिएको छ।

प्रकाशित मिति: : 2019-07-21 08:30:48

प्रतिकृया दिनुहोस्