मित्र राष्ट्र चीनको सुझौं सहरमा जारी एशियन जुनियर ब्याडमिन्टन च्याम्पियनसिप २०१९ मा नेपालका उदीयमान खेलाडी प्रिन्स दाहालले जित हात पार्दै दोश्रो चरण प्रवेश गरेका छन्।
उनले पहिलो चरणमा पुरुष एकल यु–१९ मा सिंगापुरका ईह्यु बेन्जामिन लीलाई २१–१६, २१–१२ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका हुन्। अव उनले दोश्रो चरणमा चीनका अर्का खेलाडीसँग प्रतिस्पर्धा गर्नु पर्नेछ।