मलिङ्गाको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास, अन्तिम खेलमा ३ विकेट

Agency

विश्वको सबैभन्दा प्रभावशाली योर्कर बलर श्रीलंकाका लासिथ मलिङ्गाले अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिएका छन्। उनले १५ वर्ष लामो आफ्नो क्रिकेट करिअरबाट सन्यास लिने क्रममा शुक्रबार कोलम्बोमा बंगलादेशविरूद्ध अन्तिम एकदिवसीय खेले । यसमा उनले ९ दशमलव ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए।

मलिङ्गाको अन्तिम खेलमा श्रीलंका ९१ रनले विजयी भयो।

विशेष बलिङ एक्सनका कारण क्रिकेटमा भिन्न पहिचान बनाएका मलिङ्गाले श्रीलंकाबाट ३० टेस्ट र २ सय २६ एकदिवसीय तथा ७३ टि–२० खेले।

मलिङ्गाले टेस्टमा १ सय १ विकेट, एकदिवसीयमा ३ सय ३८ विकेट र टि–२० मा ९७ विकेट लिएका थिए।

मलिङ्गाको कप्तानीमा २०१४ मा श्रीलंका टि–२० विश्व कप विजेता बनेको थियो।

 

प्रकाशित मिति: : 2019-07-26 23:23:57

प्रतिकृया दिनुहोस्