‘रियल स्टेट’ कारोबारमा धोनीमाथि आशंका

Agency


भारतको सर्वोच्च अदालतले मंगलबार रियल स्टेट कम्पनी आम्रपाली समूहको दर्ता खारेज गरेपछि भारतका पूर्व क्रिकेट कप्तान महेन्द्रसिंह धानी र उनको श्रीमति साक्षी पनि विवादमा तानिएका छन्।

आम्रपाली समूहले समयमा आवास परियोजना पुरा नगरेर ४२ हजार व्यक्तिलाई धोका दिएको आरोप लागेको थियो।

आम्रपाली समूहमा धोनीकी श्रीमति साक्षीको २५ प्रतिशत शेयर छ र उनी आम्रपाली माही डेभलपर्स लिमिटेडकी निर्देशक हुन्। आम्रपाली समूहका अध्यक्ष तथा कार्यकारी निर्देशक अनिल कुमार शर्मा ७५ प्रतिशत शेयरको मालिक हुन्। २०१६ देखि धोनी आम्रपाली समूहको सद्भावना दुत हुन्।

भारतको व्यापार संगठनका पदाधिकारीले यसअघि नै धोनीले मानिसहरूलाई दिग्भ्रमित पार्ने विज्ञापनमा काम गरेको भन्दै उनलाई कार्यवाही गर्नुपर्ने माग राखेर केन्द्रीय उपभोक्ता मन्त्री रामविलास पासवानसँग भेट गरेका थिए।

ठूलो दबाबपछि धोनी सद्भावना दुतबाट बाहिरिएका थिए। तर, सर्वोच्च अदालतमा पेश भएको अडिट रिपोर्टमा थुप्रै मानिसहरूको पैसाको कारोबार धोनी र धोनीकी श्रीमतिले स्थापना गरेको कम्पनीको खाताबाट भएको पाइएको छ।

धोनी र उनको श्रीमतिले यो मुद्धामा आफूहरूको सलग्नता नभएको स्पष्ट पारेका थिए।

प्रकाशित मिति: : 2019-07-26 23:50:23

प्रतिकृया दिनुहोस्